काठमाडौं ।
नेपालमा पछिल्लो समय सामाजिध सञ्जालको दुरुपयोग बढेको छ ।सामाजिक सञ्जालको दुरुपयोग बढ्दा विभिन्न अपराधिक कृयाकलापमा पनि वृद्धि भएको छ । पछिल्लो काठमाण्डूको भोटाहिटीस्थित साइबर ब्यूरोको कार्यालयमा हरेक दिनजसो साइबर केसको उजुरी हाल्न जाने मानिसहरूको भिड लाग्ने गरेको छ ।
अकाउन्ट ह्याक भएको, सामाजिक सञ्जालबाट ठगीमा परेको, चरित्रहत्या भएको जस्ता गुनासो लिएर मानिसहरु साइबर ब्यूरोको कार्यालयमा पुग्ने गरेका हुन् ।
ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक दीपकराज अवस्थीको अनुसार एक वर्षमा साइबर केसका १५ हजार उजुरी साइबर ब्युरोमा परेको छ । अघिल्लो आथिर्क वर्ष ७९/८० मा ९ हजार उजुरी परेको मा यस आर्थिक वर्ष सकिन दुई महिना अघि नै १५ हजार उजुरी परिसकेको अवस्थीले बताएका छन् ।
- कस्ता कस्ता उजुरी ?
नक्कली फेसबुक एकाउन्ट खोलेर रोजगारीको अवसर खुलेको भन्ने अनि फिजिकल फिटनेसको जाँच गर्नु पर्छ भनेर मागेको नग्न फोटो र भिडिओको आडमा ब्ल्याकमेल गर्ने। - नाबालिकाको फोटो प्रयोग गरेर अश्लील क्याप्सनसहित नक्कली पहिचानमा सामाजिक सञ्जालमा राखिदिने र पीडितका आफन्तहरूलाई त्यस्ता सामग्री पठाएर धम्की दिने।
- सामाजिक सञ्जालमा साथी बनाएर गोप्य फोटो र भिडिओ साटासाट गर्ने अनि सम्बन्ध बिग्रिएपछि पीडितका आफन्त र साथीभाइकहाँ पठाइदिने।
- मेसेजिङ एपमा साथी बनेर गरेका वार्तालाप रेकर्ड गरेर सम्पादन गर्ने र अश्लील सन्देशसहित पोस्ट गरी चरित्रहत्या गरिदिने।
आईईएलटीएसरपीटिई जस्ता शैक्षिक जाँच सहजीकरण गरिदिने भनी इन्स्टाग्राममा प्रचार गरेर मानिसहरूलाई झुक्काएर ठग्ने।
छुट्टै कानुनको अभाव
अहिले साइबर ब्यूरोले साइबर अपराधका धेरै मामिलाको अनुसन्धान तथा कारबाही विद्युतीय कारोबार ऐन अनि ठगीजस्ता मामिलाचाहिँ मुलुकी अपराध संहिता अनुसार गर्ने गरेको प्रवक्ता अवस्थीले जानकारी दिए।
साइबर अपराध वा सुरक्षा सम्बन्धमा छुट्टै कानुनको अभाव हुँदा त्यसले अनुसन्धानमा जटिलता थपेको साइबर सुरक्षा विज्ञ विजय लिम्बुको भनाइ छ।
स्रोत : बीबीसीबाट