एकै दिन ३ जनाको हत्या

केन्द्रभाग मिडिया

हिजो एकै दिन देशका छुट्टाछुट्टै स्थानमा तीन जनाको हत्या भएको छ । दाङमा दुई जना र काठमाडौंमा एक जना गरि तीन जनाको हिजो (शनिबार)हत्या भएको हो।

शनिबार बेलुकी करिब ५ बजे घोराही उपमहानगरपालिका १ पहेलपारमा स्थानीय ५० वर्षीया जुपली बुढा र सुर्खेत वीरेन्द्रनगर नगरपालिका-२ घर भएकी ४४ वर्षीया संगीता सुनारको बञ्चरो प्रहारबाट हत्या भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादुर मल्ले जानकारी दिएका छन् ।

प्रहरीले हत्या गरेको आरोपमा रोल्पाको थवाङ गाउँपालिका-२ घर भई घोराही उपमहानगरपालिका-१७ चौघेरामा बसोबास गर्दै आएका ५७ वर्षीय अटो चालक टेकबहादुर घर्तीलाई पक्राउ गरेको उनले बताए ।

घटनाको थप विवरण आउन बाँकी रहेको र अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।यस्तै यता काठमाडौंको बत्तीसपुतलीमा गएराति मोरङ घर भई कुमारी टोलमा बस्दै आएका २४ वर्षीय शम्भु धिमालको हत्या भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त रजौरेले धिमालको बीच बाटोमै हत्या भएको बताए । सो घटना अनुसन्धानका लागि चार जनालाई पक्राउ गरिएको जानकारी पनि उनले दिए ।

हत्याको कारण भने खुलेको छैन । प्रारम्भिक अनुसन्धानमा आपसी विवादमा हत्या भएको जस्तो देखिएको छ ।

  • ३० बैशाख २०८१, आईतवार ०९:१९ प्रकाशित