ट्राफिक सप्ताहको पाचौं दिनसम्म २ लाख ४६ हजार मानिस सहभागी

३ हजार ९३२ कार्यक्रम, ११ वटै जिल्लामा निरन्तर सचेतनामुलक कार्यक्रम

केन्द्रभाग मिडिया

पोखरा ।
सवारी दुर्घटना न्युनिकरणका लागि सचेतना जगाउन गण्डकी प्रदेशमा जारी ट्राफिक सप्ताहको पाँचौ दिनसम्म आइपुग्दा प्रदेशका ११ जिल्लामा ३ हजार ९३२ कार्यक्रम भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार यि कार्यक्रममा २ लाख ४६ हजार ४९५ जना सहभागी भएका छन् ।

गत मंगलबार जनचेतना मुलक र्यालीसहित एक भव्य समारोहका बीच गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पोखरामा ट्राफिक सप्ताहको उद्घाटन गरे पस्चात ट्राफिक सप्ताह औपचारिक रुपमा सुरु भएको हो ।

ट्राफिक सप्ताह अन्तर्गत हिमालपारीका जिल्ला मानाङ र मुस्ताङदेखि नवलपुरसम्म सबै जिल्लामा कुनै कुनै प्रकारका जनचेतनामुलक विधिन्न कार्यक्रम भइरहेका प्रदेश ट्राफिक प्रहरी कार्यालय गण्डकीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक श्रवण कुमार विकले जानकारी दिए ।

उनका अनुसार दैनिक सबै जिल्लामा ट्राफिक जनचेतना जगाउँदै पर्चापम्प्लेट विचरण, जनचेतनामुलक माइकिङ, जनचेतनामुलक स्टिकर टाँस, स्वियमसेवक परिचालन, मास्क वितरण, हेल्मेट/सिटबेल्ट तथा सडक प्रयोग सम्बन्धि प्रशिक्षण लगायतका कार्यक्रम भएका हुन् ।

प्रवक्ता विकले सिट क्षेमता भन्दा बढी यात्रु बोक्न नहुने, अरक्षण अनुरुप सिटको व्यवस्थापन, छत तथा हुटमा यात्रु चढ्दा निम्तन सक्ने दुर्घटना लगायतका विषयमा जानकारीमूलक प्रशिक्षण दिइएको छ ।

ट्राफिक सप्ताहमा ट्राफिक प्रहरी, विद्यार्थी, यातायात व्यवसायी, यातायात सम्बद्ध मजदुर संगठन, यात्रु, पैदल यात्रु र चालकसहित विभिन्न सरोकारवालाको सहभागीता रहेको छ ।

 

 

 

 

  • २९ बैशाख २०८१, शनिबार २१:२९ प्रकाशित