सुर्खेत ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सल्यानको दार्मा गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गरेका छन् । आज एक कार्यक्रमकाबिच भवनको उद्घाटन गरिएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले द्वन्द्वकालमा जनसत्ताद्वारा रजिस्ट्रेसन गरेका घरजग्गाको समस्या समाधान गरिने बताए ।
सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी ऐन जारी हुने बित्तिकै माओवादी आधार इलाकामा जिल्लाहरूमा जनसत्ताले रजिस्ट्रेसन गरेका घरजग्गाको समस्या दीर्घकालीन रूपमा गरिने उनको भनाइ थियो ।
जनयुद्धताका रोल्पा, रुकुम, सल्यान, जाजरकोट लगायतका जिल्लाहरूमा जनसत्ताले घरजग्गा रजिस्ट्रेसन गरेको थियो ।
साथै जाजरकोट भूकम्पका लाभग्राहीको आवास निर्माणको विषयमा पनि सरकारले गम्भीर रूपमा अध्ययन गरिरहेको उनले बताए ।