काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसरी भए पनि सरकारलाई पूरा अवधि चलाउने बताएका छन् ।
सुनकोशी मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’पछि बुधबार सिन्धुलीको सुनकोशी गाउँपालिकामा कार्यकर्ताहरूसँग प्रधानमन्त्री प्रचण्डले अनेक गरेर भए पनि सरकारलाई पूरै अवधि चलाउने बताएका हुन् ।
उनले भने, ‘अनेक गरिन्छ तर सरकारलाई पूरै अवधि लगिन्छ, दुविधा नरहोस् ।’प्रचण्डले वर्तमान सरकार बनेपछि विकास निर्माण, शिक्षा, स्वास्थ्य आदि क्षेत्रमा युगान्तकारी काम भएको दाबी गरेका छन् ।
‘नीति कार्यक्रम र बजेटमार्फत आमनागरिकमा भरोसा स्थापित गर्ने प्रयास हुनेछ,’ उनले भने, ‘विकासको नयाँ युग सुरु हुन्छ, नीति कार्यक्रम र बजेट एक अर्काको पुरक हुनेछन् ।’
सूचना प्रविधि र कृषिलाई केन्द्रित गरेर नीति बनाइरहेको प्रधानमन्त्रीले बताए ।
‘