मौसम पूर्वानुमान : चार प्रदेशमा वर्षा, तीन प्रदेशमा भारी वर्षा समेत हुनसक्ने

केन्द्रभाग मिडिया

पोखरा ।

हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बागमती र कोशी प्रदेशका एक/दुई स्थानहरुमा हल्का वर्षा भइरहेको छ भने बाँकी भू-भागमा आंशिक बदली देखी मौसम मुख्यतया मौसम सफा छ ।

दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै बाँकी प्रदेशको थोरै स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एक-दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।

राति देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको साथै बाँकी प्रदेशको एक/दुई स्थानमा मेघगर्जन / चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना  छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना  छ ।

  • २५ बैशाख २०८१, मंगलवार ०७:०० प्रकाशित