पोखरा ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले गण्डकी प्रदेशमा खगराज अधिकारी नेतृत्वको सरकारलाई विश्वासको मत नदिने भएको छ । राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले अहिलेको सत्ता गठबन्धनलाई केन्द्रदेखि तलैसम्म साथ नदिने पुरानो निर्णयमा पार्टी अडिग रहेको बताएका छन् ।
जारी केन्द्रीय कार्यसम्पादन समितिले पनि पुरानो निर्णयलाई परिवर्तन गरेर गण्डकीको सत्ता संकट टार्ने नाममा राप्रपाले विश्वासको मत नदिने श्रेष्ठले बताएका छन् ।
एमाले संसदीय दलका नेता खगराज अधिकारीले एमालेका २२, माओवादी केन्द्रका ८ र १ स्वतन्त्र सांसद गरी ३१ जनाको समर्थनसहितको पत्र प्रदेश प्रुमुख डिल्लीराज भट्टलाई बुझाएर चैत्र २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।
उनले वैशाख २५ भित्रै विश्वासको मत लिनु पर्ने छ ।