बेगनासको लाकुरी डाँडाँमा लागेको भिषण डढेलो नियन्त्रण

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिका वडा नम्बर ३१ बेगनास स्थित लाकुरीडाँडाँ जंगलमा लागेको भिषण डढेलो नियन्त्रणमा आएको छ ।
गएराति ११ बजे भिषण डढेलो लाग्दा ९ वटा घरहरु जोखिममा रहेको थियो ।

सो खबर पाएसँगै कालिका गणको विशेष विपद उद्धार फौजले फायरलेन बनाई आगो नियन्त्रणमा लिएको हो । उक्त स्थानमा रहेका घरहरु पूर्णरूपमा सुरक्षित रहेको कालिका गणका गणपति एसपी अरुण पौडेल शर्माले बताए। विपद् उद्धार फौजले आज बिहान ३ बजे मात्रै आगो नियन्त्रणमा लिएको हो ।

  • २० बैशाख २०८१, बिहीबार ०९:१६ प्रकाशित