काठमाडौँ ।
वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो टी–२० क्रिकेटमा बुधबार घरेलु टोली नेपाल पराजित भएको छ । कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको खेलमा भ्रमणकारी टोली वेस्ट इन्डिजले नेपाललाई ७६ रनले हराएको हो ।
जितसँगै वेस्ट इन्डिजले पाँच खेलको शृङ्खलामा २–१ को अग्रता लिएको छ । शृङ्खलाको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई चार विकेटले हराएको थियो । दोस्रो खेलमा भने वेस्ट इन्डिजले नेपालमाथि १० रनको रोमाञ्चक जित हासिल गरेको थियो ।
शृङ्खलाको चौथो खेल बिहीबार खेलिने छ ।