काठमाडौं ।
ललितपुरको गोदावरी नगरपालिकाले डढेलो निभाउने क्रममा ज्यान गुमाएका दुई जनाको परिवारलाई जनही ५ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ ।
गोदावरी वनमा सल्केको डढेलो नियन्त्रण गर्ने क्रममा गोदावरी नगरपालिका-४ बडिखेलका शंकर पहरी र रमेश पहरी घाइते भएका थिए । उपचारको क्रममा दुवै जनाको मृत्यु भएपछि नगरपालिकाले राहतस्वरूप जनही ५ लाख रुपैयाँ दिने निर्णय गरेको जनाएको छ ।
नगरपालिकाले बुधबार शोक व्यक्त जारी गर्दै कार्यपालिकाको आकस्मिक बैठकबाट मृतकको परिवारलाई ५/५ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको उल्लेख छ ।













