एकता घोषणाबारे निर्णय गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेकपा मशालको संयुक्त बैठक बस्दै

केन्द्रभाग मिडिया

काठमाडौँ ।

पार्टी एकताको विषयमा टुङ्ग्याउन क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेकपा मशालको संयुक्त बैठक बस्दै छ ।

बुधबार हुने एकता घोषणा सभाका विषय टुङ्ग्याउन संयुक्त बैठक लागेको कम्युनिस्ट पार्टीका प्रचार विभाग प्रमुख हुकुम सिंहले जानकारी दिए । दुई पार्टीबिच एकता भए पनि पार्टीको नाम परिवर्तन नहुने सिंहले बताए ।

वैशाख १३ गते क्रान्तिकारी कम्युनिस्ट पार्टीका अध्यक्ष मोहन वैद्य र नेकपा मशालका महासचिव सन्तबहादुर नेपालीले संयुक्त विज्ञप्तिमार्फत एकता गर्ने घोषणा गरेका थिए ।

  • १८ बैशाख २०८१, मंगलवार १०:५२ प्रकाशित