इलाम ।
इलाम २ मा जारी उपनिर्वाचन बिहान ७ बजेदेखि सुरू भएको र मतदान शान्तिपूर्ण रुपमा चलिरहेको छ । उपनिर्वाचनमा हाल सम्म ३३ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत केशव घिमिरेका अनुसार मध्यान्न १२ बजेसम्म ३३ प्रतिशत मत खसेको हो । बिहान ७ बजेदेखि सुरू भएको मतदान शान्तिपूर्ण रुपमा चलिरहेको छ। मतदान साँझ ५ बजेसम्म जारी रहनेछ । साँझसम्म ७० प्रतिशत मत खस्ने हाम्रो आकलन छ।
केही मतदानस्थलमा मतदाताको भिडभाड देखिन्छ भने केहीमा सुनसान देखिन्छ । एक लाख १६ हजार आठ सय ८९ मतदाता रहेको इलाम २ मा दलका १२ र सात स्वतन्त्र गरी १९ उम्मेदवार चुनावी मैदानमा छन्।
७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र तोकिएको छ । उपनिर्वाचनका लागि यहाँ सात सय ४५ कर्मचारी र तीन हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।
इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा एमालेका नेता सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते हृदयाघातबाट निधन भएपछि शनिवार उपचुनाव गरिएको हो ।