पोखरामा लकरसहित ५ लाख बढि नगद चोर्ने तीन जना पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा लकरसहित नगद चोर्ने तीन जना पक्राउ परेका छन् ।

गत चैत २४ गते पोखरा महानगरपालिका वडा नम्बर ८ नयाँबजार स्थित अनलाईन डेलिभरी भवनबाट पाँच लाख बयासी हजार पाँच सय असी रुपैयाँ चोरी भएको थियो ।

सोही सुचनाको आधारमा प्रहरीले अनुसन्धान गरिरहेको मा हिजो(सोमबार)पोखरा महानगरपालिका वडा नम्बर १५ टुटुङ्गा बस्ने वर्ष २९ का अर्जुन परियार, पोखरा महानगरपालिका वडा नम्बर १० रङगशाला बस्नेवर्ष २७ का विकास अधिकारी र धादिङ घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर २ नालामुख बस्ने वर्ष २९ का लोकेन्द्र बहादुर इटनी चोरी आरोपमा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

उनीहरुमाथि अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

  • ११ बैशाख २०८१, मंगलवार १६:२४ प्रकाशित