लेकसाईडको ‘क्लब क्याट वाल्क’अगाडि पार्किङमा राखेको स्कुटर चोर्ने एक जना पक्राउ

केन्द्रभाग मिडिया

पोखरामा स्कुटर चोर्ने एक जना पक्राउ परेका छन् ।

हिजो वैशाख ९ गते बिहान ४ बजेर ४५ मिनेटको समयमा पोखरा महानगरपालिका वडा नम्बर ३ लेकसाईटस्थित क्लब क्याट वाल्क अगाडी पार्किङ गरी राखेको स्कुटर चोरी गर्दै गरेको अवस्थामा एक पुरुष पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा गुल्मी मदाने गाउँपालिका वडा नम्बर ३ घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर ९ नयाँबजार बस्ने वर्ष ३४ का दिपक सुनार रहेको प्रहरीले जनाएको छ ।उनलाई चोरी गर्दै गरेको ग १० प ४४१२ नम्बरको स्कुटरसहित पक्राउ गरिएको प्रहरीले बताएको छ । प्रहरीको अनुसार उनीमाथि ७ दिन म्याद थप गरी अनुसन्धान अघि बढाईएको छ ।

  • १० बैशाख २०८१, सोमबार १०:४० प्रकाशित