पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज युरोको भाउ बढ्दा पाउण्ड भने घटेको छ ।
आज युरो एकको खरिददर १४२ रुपैयाँ ०० पैसा र बिक्रीदर १४२ रुपैयाँ ६३ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४१ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५६ पैसा थियो ।
आज पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६२ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १६५ रुपैयाँ ७३ पैसा र बिक्रीदर १६६ रुपैयाँ ४७ रहेको पैसा रहेको थियो ।
यस्तै डलर एकको खरिददर १३३ रुपैयाँ २६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८६ पैसा रहेको छ ।१० जापानी येनको खरिददर ८ रुपैयाँ ६२ पैसा र बिक्रीदर ८ रुपैयाँ ६६ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १८ रुपैयाँ ४९ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६८ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५३ पैसा र बिक्री दर ३६ रुपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर २७ रुपैयाँ ८६ पैसा र बिक्रीदर २७ रुपैयाँ ९८ पैसा रहेको छ ।














