बाँकेको हर्बल प्रालिमा आगलागी, ११ वटा दमकलले आगो निभाउँदै

केन्द्रभाग मिडिया

Photo : RSS

बाँके ।

बाँकेको जानकी गाउँपालिका–६ स्थित बाहुबली हर्बल प्रालिको परिसरभित्र आगलागी भएको छ।

हर्बल प्रालिको परिसरभित्र फाल्नलाई सङ्कलन गरिराखेको सल्लो प्रजातिको काठरखोटोमा बिहीबार बिहान ७ बजेतिर आगलागी भएको बाँके प्रहरीले जनाएको छ।

उक्त आगलागी नियन्त्रणमा लिन लागि नेपाल र भारतबाट गरी ११ वटा दमकल प्रयोग गरिएको छ।

  • ६ बैशाख २०८१, बिहीबार १०:५८ प्रकाशित