बुबालाई गरेको विश्वास शिरमा राखेर काम गर्छु : सुहाङ

केन्द्रभाग मिडिया

विराटनगर ।

नेकपा एमाले र माओवादीका तर्फबाट इलाम क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका सुहाङ नेम्बाङले स्व. बुबा सुबास नेम्वाङलाई जनताले गरेको विश्वास शिरमा राखेर काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

इलाम क्षेत्र नम्बर २ अन्तर्गत इलामको मङ्गलबारेमा भएको कार्यक्रममा बोल्दै सुहाङले सो प्रतिवद्धता जनाएका हुन् । इलामको विकासमा आफ्ना बुवा सुभाषचन्द्र नेम्बाङ्गले गरेको विकास स्मरण गराउँदै जनताका सामु पुग्दा उनीहरूको आँखामा आँसु देखेको उनले बताए ।

विगतका निर्वाचनमा आफ्ना बुबालाई गरेको विश्वास शिरमा राखेर आफूले सधैँ काम गर्ने बताए । उनले इलामी जनताको कामका लागि सधैँ आफ्ना बुबाले काम गरेको दाबी गर्दे आफूले पनि त्यसरी नै काम गर्ने बताए ।

यस्तै उनले जातीय भेदभाव र सामाजिक विखण्डनले समृद्धिको बाटो छेक्ने बताएका छन् ।अहिले देश समृद्धिको बाटो हिँडेको भन्दै यो बेला सामाजिक सम्बन्ध खलल पुग्ने बाटोमा लाग्न नहुने बताए ।

सुहाङले इन्द्रेणी सप्त रङ्ग भएकाले राम्रो भएको भन्दै हाम्रो समाज पनि इन्द्रेणी जस्तै सुन्दर भएको बताए । उनले इन्द्रेणी जस्तो समाजलाई अझ राम्रो बनाउन सामाजिक सम्बन्ध राम्रो हुनु पर्ने बताए । उनले यस्तो समाजमा पनि तरिकाको समाजिक भेदभावलाई क्षमा दिन नहुने बताए । उनले सुशासनमा देखिएको समस्याले विकास निर्माणमा ढिलाइ भएकाले यो समस्या समाधान गर्न पनि सबै एक हुनु पर्ने बताए ।

नेम्बाङगले आफूलाई लगाएको मालामा जनताको रौनक र खुसी भए पनि आफू भने भावुक भएको बताए ।

  • ५ बैशाख २०८१, बुधबार १६:११ प्रकाशित