पोखरा ।
एसिसी प्रिमियर कपमा साउदी अरबले नेपाललाई ७४ रनको लक्ष्य दिएको छ । टस जितेर नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको साउदीले ७ विकेटको क्षतिमा ७३ जोडेको हो ।
वर्षाका कारण मैदान हिलो हुँदा ८ ओभरमा झारिएको खेलमा साउदीका लागि अब्दुल वाहीदले सबैभन्दा बढि ३७ रन जोडे । उनले १६ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। अरु ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बलिङमा नेपालका करण केसी र अभिनास बोहराले २-२ विकेट लिए। ललित राजवंशी र प्रतिश जिसीले १-१ विकेट हात पारे ।
नेपाल एक खेल बाँकी छँदै समूह विजेता बनिसकेको छ। मंगलबार साउदी अरेबियालाई कतारले १५ रनले पराजित गरेसँगै नेपालले अन्तिम खेलअघि नै समूह विजेता पक्का गरेको हो ।