पोखरा ।
गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश सभाको अधिवेशन आह्वान गरेका छन् ।
प्रवक्ता चण्डीप्रसाद अर्यालले आज एक सुचना जारी गर्दै प्रमुख भट्टले अधिवेशन आह्वान गरेको जानकारी दिएका हुन् ।अधिवेशन वैशाख ७ गते शुक्रबार दिउँसो ३ बजेदेखि प्रदेश सभा भवन, नदीपुरमा आरम्भ हुने सुचनामा उल्लेख गरिएको छ ।
संविधानको धारा १८३ को उपधारा १ बमोजिम गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश सभाको अधिवेशन आह्वान भएको हो ।