जुत्ता व्यवसायी संघ कास्कीद्धारा क्यालेण्डर विमोचन तथा शुभकामना आदान प्रदान

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा रहेका जुत्ता व्यावसायीहरुको संस्था जुत्ता व्यवसायी संघ कास्कीले आज नयाँ वर्षको शुभकामना आदान प्रदान गरेको छ ।

जुत्ता व्यवसायी संघ कास्कीले पोखरा महानगरपालिका ८ र्सिजना चोकमा अवस्थित त्रिशक्ति पार्टी प्यालेसमा एक समाहरोहको आयोजना गरि शुभकामना आदान प्रदान तथा टेबुल क्यालेण्डर विमोचन कार्यक्रम सम्पन्न गरेको हो।

सो कार्यक्रमको सभापतित्व जुत्ता व्यवसायी संघका अध्यक्ष हेमकृष्ण श्रेष्ठले गरेका थिए भने पोखरा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष गोकर्ण कार्कीको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रमुख अतिथी कार्कीले हालसालै नवगठित कार्य समिती लाई सफल कार्यकालको शुभकामना दिदैँ जुत्ता व्यवसायी संघले गरेका विभिन्न सामाजिक काम प्रति धन्यवाद ज्ञापन गरेका थिए । सो कार्यक्रम सञ्चालन महासचिव मुक्ति प्रसाद पनेरुले गरेका थिए ।

  • ४ बैशाख २०८१, मंगलवार १३:३० प्रकाशित