आज डलरको भाउ कति छ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज युरो र पाउण्डको भाउ बढेको छ ।

आज युरो एकको खरिददर १४२ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ६६ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३७ पैसा थियो ।

यस्तै आज पाउण्ड एकको खरिददर १६६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६७ रुपैयाँ १७ पैसा छ । हिजो पाउण्ड एकको खरिददर १६५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३७ पैसा थियो ।यस्तै आज डलर एकको खरिददर १३३ रुपैयाँ २३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८३ पैसा रहेको छ ।

यस्तै १० जापानी येनको खरिददर ८ रुपैयाँ ६६ पैसा र बिक्रीदर ८ रुपैयाँ ७० पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १८ रुपैयाँ ४९ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६८ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५३ पैसा र बिक्री दर ३६ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २७ रुपैयाँ ८८ पैसा र बिक्रीदर २८ रुपैयाँ ०० पैसा रहेको छ ।

 

  • ४ बैशाख २०८१, मंगलवार ०९:३८ प्रकाशित