पोखरा ।
पोखरामा अवैध रुपमा माटो ओसारपोसार गर्ने ४ वटा टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पामेबाट पोखरा महानगरपालिका राष्ट्रबैंकतर्फ अवैध रुपमा माटो लिएर आउँदै गरेको उक्त ४ टिप्परलाई आज बिहान साढे १० बजेको समयमा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा आवश्यक कागज तथा स्वीकृती नलिई अबैध रुपमा माटो ओसार पसार गरी रहेको अवस्थामा ग १ क ४१६०, ग १ क ४२८६, ग १ क ४२९४ र ग १ क ४०८९ नं। को टिप्परलाई फेलापारी नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।
नियन्त्रणमा लिइएको टिप्परहरुलाई आवश्यक अनुसन्धान एंव कारवाहीको लागी पोखरा महानगरपालिकाको कार्यालयमा पठाईएको प्रहरीले जानकारी दिएको छ ।