जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजना तथा वडा प्रहरी कार्यालय बैदामको सहकार्यमा आज फेवा तालमा संचालनमा रहेका हुँङ्गा व्यवसायीर डुङ्गा चालकहरुसँग अन्तरक्रिया तथा मापसे चेकजाँच कार्यक्रम सम्पन्न भएको छ ।
हालको समयमा मौसमको खराबी तथा हावाहुरीको कारणबाट हुन सक्ने दुर्घटना, लाईफ ज्याकेटको सही प्रयोग, अकस्मात हुनसक्ने डुङ्गा दुर्घटनामा अपनाउनु पर्ने सावधानीका उपाय, मादक पदार्थ सेवन गरी डुङ्गा नचलाउने विषयमा अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

साथै २५ डुङ्गा चालकहरूलाई चेक जाँच गर्दा १ जनाले मापसे गरेको भेटिएको प्रहरीले जनाएको छ ।निजलाई आवश्यक कारवाहीको लागी डुङ्गा व्यवसायी संघमा पठाइएको प्रहरीले बताएको छ ।
अन्तरक्रियामा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक बसन्त कुमार शर्मा तथा वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नाायब उपरीक्षक राजेन्द्र श्रेष्ठको उपस्थितिमा स्थानीय समाजसेवी, आन्तरिक पर्यटक, डुङ्गा व्यवसायी समितिका पदाधिकारी तथा डुङ्गा चालकहरुको उपस्थिती रहेको थियो ।














