नयाँ वर्षदेखि हराएका कास्की माछापुच्छ्रेका जगत सेति नदिमा मृत भेटिए

केन्द्रभाग मिडिया

कास्की ।

नयाँ वर्षको दिनदेखी हराएका कास्की माछापुच्छ्रेका वर्ष २५ का जगत पुन सेति नदिमा मृत अवस्थामा भेटिएका छन् ।

कास्की माछापुच्छ्रे गाँउपालिका वडा नंम्बर १ करुवा स्थित सेति नदिमा हात तैरिएको अवस्थामा भेटिएका जगतको शव सशस्त्र प्रहरी बल नेपाल नं.२४ कालिका गण हेडक्वाटर कास्की पोखराबाट गएको गोताखोरको टोलीले आज दिउँसो १२ बजेर ४५ मिनेटको समयमा उद्धार गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

उक्त शव कास्की माछापुच्छ्रे गाँउपालिका वडा नं १ करुवा बस्ने बर्ष २५ का जगत पुनको भएको उनको परिवारले पहिचाहन गरेको प्रहरीले जनाएको छ । जगत वैशाख १ गते नयाँवर्षको दिनदेखि हराएको परिवारले बताएका छन् । प्रहरीको अनुसार जगतको शव सेति नदीको खोँचमा ३ मिटर गहिराईमा ढुङ्गामा अड्किएको अवस्थामा भेटिएको हो ।

उनको शवलाई उद्धार गरि पोष्टमार्टमको लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाईएको छ ।

  • ३ बैशाख २०८१, सोमबार १६:३३ प्रकाशित