पोखरा ।
एसीसी प्रिमियर कप क्रिकेटमा हङकङले नेपाललाई १ सय १५ रनको लक्ष्य दिएको छ । ओमानको अल अमिरात क्रिकेट ग्राउन्ड मा टस हारेर ब्याटिङ गरेको हङकङ १७ ओभर ५ बलमा १ सय १४ रनमा अल आउट भएको हो ।
हङकङका यान्शे रथले सबैभन्दा धेरै ३४ रन बनाए । नेपालका अबिनाश बोहराले ३, ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान २ तथा करण केसीले १ विकेट लिए । वर्षाका कारण खेल प्रभावित भएपछि १८ ओभरमा झारिएको थियो ।
दुई खेलमा दुवै खेल जितेको नेपाल समूह ‘ए’ को अंक तालिकाको शीर्ष स्थानमा छ । दुईमध्ये एक खेल जितेको हङकङ चौथो स्थानमा छ ।