आज युरोको भाउ घट्यो, डलरको कति छ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज युरो र पाउण्डको भाउ घटेको छ ।

आज युरो एकको खरिददर १४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३७ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४५ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६१ पैसा थियो । आज डलर एकको खरिददर १३३ रुपैयाँ १७ बिक्रीदर १३३ रुपैयाँ ७७ पैसा रहेको छ ।

यस्तै आज पाउण्ड एकको खरिददर १६५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३७ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १६६ रुपैयाँ १२ पैसा र बिक्रीदर १६६ रुपैयाँ ८७ पैसा थियो। यस्तै १० जापानी येनको खरिददर ८ रुपैयाँ ६९ पैसा र बिक्रीदर ८ रुपैयाँ ७३ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ४० पैसा र बिक्रीदर १८ रुपैयाँ ४८ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ५० पैसा र बिक्रीदर ३५ रुपैयाँ ६६ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २७ रुपैयाँ ९२ पैसा र बिक्रीदर २८ रुपैयाँ ०४ पैसा रहेको छ ।

  • ३ बैशाख २०८१, सोमबार १०:२३ प्रकाशित