युएई ।
वैदेशिक रोजगारीका लागि संयुक्त अरब एमिरेट्स युएई (दुबई) पुग्ने गरेका नेपालीले उतै ज्यान गुमाउन पुगेका छन् ।
युएईमा गएको एक वर्षमा १ सय ६५ जना नेपालीले ज्यान गुमाएका छन । यो संख्या २०७९ को भन्दा २० जनाले थोरै हो । ज्यान गुमाउनेमध्ये ९२ जनाको मृत्यु प्राकृतिक कारणले भएको हो भने ४२ जनाले आत्महत्या गरेका हुन् ।
त्यस्तै सडक तथा कार्यस्थल एवम बिभिन्न दुर्घटनाका कारण २७ जनाले ज्यान गुमाएका छन् । युएईमा गएको वर्ष ४ जना नेपालीको हत्या भएको नेपाली दुतावासको तथ्याङ्कमा उल्लेख छ ।
आबुधावीमा रहेको नेपाली दुतावासको तथ्याकं अनुसार २०८० मा ज्यान गुमाएका १ सय ६५ जनामध्ये महिला र पुरुषको सख्या भने छुट्टाइएको छैन ।
गएको वर्ष जेठ महिनामा सबै भन्दा धेरै २१ जनाले ज्यान गुमाएका छन् । त्यस्तै साउनमा १९ जना , कार्तिकमा १८ जना , माघ महिनामा १७ जना, असारमा १५ जना, बैशाखमा १४ जना, असोज , मसिर, पुष, फागुन महिनामा समान १३ जना , बैशाखमा १४ जना र भदौमा १२ जनाले ज्यान गुमाएको दुतावासले आफ्नो अधिकारिक फेसबूक ह्यान्डल मार्फत सार्वजनिक गरेको मासिक प्रतिवेदनमा समेत उल्लेख छ ।
ज्यान गुमाउने मध्ये सबैभन्दा धेरै प्राकृतिक मृत्यु ९नेचुरल डेथ ०छ । प्राकृतिक कारण भनेर ‘सडेन कार्डियक एरेस्ट’ ९सुतेको सुत्यै भएर ज्यान गएको०, हृदयघात ,मस्तिष्क पक्षघातलाई यो संख्यामा समेटिएको छ ।













