पोखरा ।
दीपेन्द्र सिंह ऐरीको विस्फोटक ब्याटिङसंगै नेपालले एसीसी प्रिमियर कप अन्तर्गत दोस्रो खेलमा कतारविरुद्ध २ सय ११ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
ऐरीले २१ बलमा ६४ रनको शानदारी इनिङ्स खेले । उनले आफ्नो इनिङ्समा ३ चौका र सात छक्का हिर्काए ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १० रन बनाएको हो । नेपालका लागि ओपनर आसिफ शेखले ५२ रनको योगदान दिए ।
उनले ४१ बलमा ६ चौका हिर्काए । कुशल मल्लले विस्फोटक ब्याटिङ गर्दै १८ बलमा ३५ रन बनाए । उनले दुई चौका र ३ छक्का हिर्काए ।