काठमाडौं ।
राष्ट्रियसभाको उपाध्यक्षमा एमालेकी विमला घिमिरे निर्वाचित भएकी छन् । उनले कांग्रेसका विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै निर्वाचित भएकी हुन् । घिमिरेले ३९ मत ल्याउँदा पुडासैनीले १६ मत ल्याइन् ।
यसअघि नेकपा माओवादी केन्द्रका राष्ट्रिय सभा उपाध्यक्ष बनेकी उर्मिला अर्यालले १५ चैतमा राजीनामा दिएपछि सो पद रिक्त थियो । सत्ता गठबन्धनमा राष्ट्रिय सभा अध्यक्ष माओवादी केन्द्रले लिने सहमति भएअनुसार नारायण दाहाल राष्ट्रिय सभा अध्यक्ष बनेका थिए ।
राष्ट्रिय सभा उपाध्यक्ष पद सत्ता गठबन्धनकै अर्को कुनै दललाई दिनुपर्ने भएपछि अर्यालले राजीनामा दिएर एमालेकी विमला घिमिरेलाई अघि सारिएको थियो ।
घिमिरेलाई माओवादी, नेकपा नेकपा एस र जसपाको पनि साथ थियो । राष्ट्रियसभाको अर्को बैठक शुक्रवार बस्नेछ ।