सभामुखले बोलाएको बैठक विना निष्कर्ष टुंगियो

केन्द्रभाग मिडिया

काठमाडौं ।

सभामुख देवराज घिमिरेले बोलाएको दलहरुको नेताहरुको बैठक विना निष्कर्ष टुंगिएको छ ।प्रधानमन्त्री प्रचण्ड सहित बसेको बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आफ्नो अडानबाट पछि नहटेपछि विना निष्कर्ष टुंगिएको हो ।

कांग्रेसले सहकारीको रकम अपचलनका विषयमा गृहमन्त्री रवि लामिछाने माथि छानविनको माग गर्दै संसदीय छानबिन समितिको माग गर्दै आएको छ ।

कांग्रेसले उठाएको विषयमा छलफलमा कांग्रेसको सकरात्मक जवाफ नआएको नेकपा एमालेका प्रमुख सचेतक महेश वर्तौलाले जानकारी दिए ।

संसदीय छानविन समिति गठन नगरी कतिपय विषय संसदको समितिबाट गर्न सकिने विकल्प रहेको उनले बताए ।छोटो समय बसेर सकिएको बैठकबाट बाहिरिएका गृहमन्त्री रवि लामिछानेले फेरि बस्ने कुरा भएको बताए ।

  • २६ चैत्र २०८०, सोमबार १६:५८ प्रकाशित