उपनिर्वाचन सुरक्षाबारे गृहमन्त्रीसँग आयोगले छलफल गर्दै

केन्द्रभाग मिडिया

काठमाडौँ ।

निर्वाचन आयोगले उपनिर्वाचनको शान्ति सुरक्षा, आचारसंहिता कार्यान्वयन र निर्वाचन कानुनबारे उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग छलफल गर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले गृहमन्त्री लामिछानेसँग छलफल राखिएको बताए ।

‘उपनिर्वाचनको शान्ति सुरक्षा र निर्वाचन कानुनबारे छलफलका लागि आज आयोगले गृहमन्त्रीसँग छलफल गर्दैछ’, प्रमुख थपलियाको भनाइ छ । उनका अनुसार उपनिर्वाचनको अवस्था, आचारसंहिताको कार्यान्वयनका सम्बन्धमा विशेष छलफल हुनेछ । वैशाख १५ गते इलाम २ र बझाङ प्रदेशसभाका लागि हुने निर्वाचनमा चैत २८ गतेबाट निर्वाचन आचार संहिता लागु हुँदैछ ।

आयोगले निर्वाचन आचारसंहिता कडाइका साथ लागु गर्ने बताउँदै आएको छ । निर्वाचन आचारसंहिता उपनिर्वाचन हुने जिल्लामा मात्र लागु गर्ने आयोगको तयारी छ । यो बाहेक आयोगले विदेशमा बस्ने नेपालीको मताधिकारका बारेमा समेत छलफल गर्ने बताइएको छ ।

  • २५ चैत्र २०८०, आईतवार ११:१३ प्रकाशित