सचिवालयअघि एमाले केन्द्रीय कार्यालय बैठक बस्दै

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक बस्दै छ । आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा साढे १२ बजे बस्नेगरी बैठक बोलाएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।

उनका अनुसार बैठकले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको व्यवस्थापनबारे छलफल र केन्द्रीय सचिवालय बैठकको मिति तय गर्नेछ । केन्द्रीय कार्यालय बैठक महासचिवको नेतृत्वमा बस्छ । जसमा उपमहासचिव र सचिवहरू सहभागी हुनेछन् ।

एमालेले वैशाख ८ र ९ गते परिषद् बैठक आह्वान गरेको छ । गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा बोलाइएको छ परिषद बैठकमा २ हजार १५३ जना प्रतिनिधि सहभागी हुनेछन् । परिषद् बैठकमा राजनीतिक, सांगठानिक, आर्थिक,अनुशासन र निर्वाचन आयोगका प्रतिवेदनहरू लिखित रूपमा पेस हुनेछन् ।

  • २५ चैत्र २०८०, आईतवार ११:०९ प्रकाशित