पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज आइतबार डलर एकको खरिददर १३२ रुपैयाँ ९८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५८ पैसा रहेको छ ।
आज युरो एकको खरिददर १४४ रुपैयाँ १० पैसा र बिक्रीदर १४४ रुपैयाँ ७५ पैसा रहेको छ ।यस्तै आज पाउण्डको भाउ एकको खरिददर १६७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १६८ रुपैयाँ ७२ पैसा छ । यस्तै १० जापानी येनको खरिददर ८ रुपैयाँ ७८ पैसा र बिक्रीदर ८ रुपैयाँ ८२ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ३८ पैसा र बिक्रीदर १८ रुपैयाँ ४७ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६१ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४६ पैसा र बिक्री दर ३६ रुपैयाँ ४२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ०१ पैसा र बिक्रीदर २८ रुपैयाँ १४ पैसा रहेको छ ।















