काठमाडौँ ।
नेपाल आइडलका विजेता तथा लोकप्रिय गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उनकी पत्नीले दिएको वैवाहिक बलात्कार मुद्दामा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । ओडविरुद्ध अदालतबाट पक्राउ अनुमति आएको कञ्चनपुरका एसपी चक्रराज जोशीले जानकारी दिए ।
पत्नीले अप्राकृतिक तरिकाले आफूलाई बलात्कार गरेको आरोप लगाएकी छन् । पुर्जी जारी भएसँगै ओड फरार भएको बताइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।













