जसपाबाट समानुपातिक सांसदमा हसिनाको नाम सिफारिस

केन्द्रभाग मिडिया

काठमाडौँ ।

जनता समाजवादी पार्टीले समानुपातिक सांसदका लागि बाँकेकी हसिना खातुनको नाम सफारिस गरेको छ । समानुपातिक सांसद मञ्जु अन्सारीको निधन भएपछि रिक्त स्थानमा नाम सिफारिस गर्न निर्वाचन आयोगले जसपालाई पत्र पठाएको थियो ।

आज बसेको सो पार्टीको बैठकले हसिना खातुनको नाम सिफारिस गरेको पार्टीका प्रवक्ता मनिष सुमनले बताए । जसपाको समानुपातिकतर्फ मुस्लिम कलस्टरकै दुई जना सांसदको निधन भएको हो ।

  • २२ चैत्र २०८०, बिहीबार १४:५० प्रकाशित