कैलाली ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आज विश्वासको मत लिँदै छन् । २३ गते माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आज मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन् ।
दिउँसो तीन बजे विश्वासको मत लिन प्रदेश सभा बैठक आह्वान गरिएको छ ।मुख्यमन्त्री शाहले विश्वासको मत पाउने दाबी गरिरहेका छन् ।
तर, नाउपाभित्रैको किचलो र स्वतन्त्र सांसदको अडानका कारण शाह सरकार जोगिने सम्भावना क्षीण रहेको कांग्रेसका एक सांसदले बताए । उनले विश्वासको मत नपाउने अवस्थामा मुख्यमन्त्रीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिएको जनाए ।