पर्यटन प्रवद्र्धन कार्यक्रम अन्तर्गत ओटेफको टोली सिरुवारीमा

केन्द्रभाग मिडिया

पोखरा ।
महिला पर्यटन व्यवसायी मञ्च(ओटेफ) को टोली पर्यटन प्रवद्र्धन कार्यक्रम अन्तर्गतको कार्यक्रम लिएर स्याङजाको पर्यटकीय गाउँ सिरुवारी पुगेको छ ।

आफ्नो वार्षिक कार्ययोजना अनुसार विभिन्न पर्यटकीय गाउँहरूमा कार्यक्रम गर्दै आएकोमा सिरुवारीमा कार्यक्रम गर्न लागिएको ओटेफका अध्यक्ष उमा रेग्मीले जानकारी दिइन् ।

पर्यटन क्षेत्रमा कृयाशिल व्यवसायी, सञ्चारकर्मी सहितको टोली सिरुवारी आएको जानकारी दिदै अध्यक्ष रेग्मीले बिहीबार आँधिखोला गाउँपालिकाका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत लगायतको सहभागितामा ‘गाउँ पर्यटन प्रवद्र्धनका लागि स्थानीय समुदायको सहभागिता’ विषयक अन्तरक्रिया गरिने बताइन् ।

टोलीमा पर्यटन व्यवसायी, सञ्चारकर्मी सहित ५५ जना सहभागिता रहेको कार्यक्रम संयोजक मञ्जु शर्मा भट्टराईले जानकारी दिइन । नेपालमै पहिलोपटक गाउँ पर्यटनको सुरुवात भएको गाउँका रुपमा सिरुवारीले चासो र चर्चा कमाएको छ ।

  • २१ चैत्र २०८०, बुधबार १९:१५ प्रकाशित