नेपालगञ्ज कारागारमा एक कैदीको ज्यान गयो

केन्द्रभाग मिडिया

Dead body in a mortuary

बाँके ।

नेपालगञ्ज कारागारमा एकजना वृद्ध थुनुवा (कैदी)को ज्यान गएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–८ का ६६ वर्षीय अब्दुलवारी जोलाहको हृदयघातका कारण ज्यान गएको कारागारका प्रमुख जेलर अर्जुनजङ्ग शाहले जानकारी दिएका छन् ।

उनका अनुसार आज बिहान करिब ४ बजेतिर मृतक जोलाहको एक्कासि छाती दुखेपछि उपचारका लागि तत्काल भेरी अस्पतालमा पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन् ।

मृतक जोलाह तीन महिनाअघि जबरर्जस्ती करणी मुद्दामा जिल्ला अदालतद्वारा पूर्पक्षका लागि कारागारमा कैदीको रुपमा रहदै आएको कारागार कार्यालयले जनाएको छ ।

गत पुस १७ गते मृतक जोलाह पूर्पक्षका लागि कारागार चलान भएका थिए ।

  • २१ चैत्र २०८०, बुधबार १६:५४ प्रकाशित