पोखरा ।
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टद्धारा मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका छन् ।
आज मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानको धारा १६९ को उपधारा १ को खण्ड क बमोजिम प्रदेश प्रमुख भट्टलाई लिखित राजिनामा दिएपछि उनले दाबी पेशको आह्वान गरेका हुन् ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई आगामी मंगलबार अर्थात चैत २७ गते दिउँसो ३ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका हुन् ।
साथै, अर्को प्रदेश मन्त्रिपरिषद् गठन नभएसम्म नेपालको संविधानको धारा १६९ को उपधारा ३ बमोजिम यही प्रदेश मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने गरी विज्ञप्ति जारी गरिएको प्रवक्ता चण्डी प्रसाद अर्यालले जानकारी दिएका छन् ।














