सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा बुधबार ९आज० विश्वासको मत लिँदै छन् ।
नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको हिजो बसेको बैठकले मुख्यमन्त्री शर्माले विश्वासको मत लिने निर्णय गरेको थियो ।
प्रदेशसभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीले आज ३ बजेको बैठकमा मुख्यमन्त्री शर्माले विश्वास मत लिने जानकारी दिए ।
मुख्यमन्त्री शर्माले विश्वासको मत लिएपछि एमालेलाई सत्ता हस्तान्तरण गर्न राजीनामा दिने माओवादी संसदीय दलका प्रमुख सचेतक रणसिंह परियारले बताए ।













