पोखरा ।
आयरल्याण्ड ‘ए’ सँग आज नेपाल ‘ए’ टिमले पहिलो एकदिवसीय सिरिज खेल्दैछ ।
त्रिवि मैदान कीर्तिपुरमा नेपाल ‘ए’ र आयरल्याण्ड ‘ए’ बीचको खेल बिहान ९ः३० बजेदेखि सुरू हुनेछ ।
त्रिवि मैदानमै भएको टी-२० सिरिजमा नेपाल १-२ ले पराजित भएको थियो ।
सिरिजको दोस्रो खेल २३ चैत र अन्तिम खेल २५ चैतमा हुनेछ ।















