क्षेत्री समाज नेपालको चौथो केन्द्रीय महाधिवेशन चैत २५ देखि

केन्द्रभाग मिडिया

पोखरा ।

क्षेत्री समाज नेपालले चौथो केन्द्रीय महाधिवेशन गर्ने भएको छ ।

यहि चैत २५ र २६ गते दुई दिन कन्द्रीय महाधिवेशन गर्न लागेको क्षेत्री समाज नेपालले आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ । महाधिवेशन तनहुँको दमौलिमा आयोजना गरिने क्षेत्री समाजका अध्यक्ष प्रा.डा.दीलबहादुर क्षेत्रीले जानकारी दिए ।

सो महाधिवेशन सम्पन्नका लागि वर्तमान केन्द्रीय कार्यसमिति आयोजक समिति रही स्थानीय आयोजक व्यवस्थापनका लागि तनहूँ जिल्ला समिति मातहत विभिन्न उप-समितिहरु गठन गरिएको महासचिव केश बहादुर केसीले जनाए ।

महासचिव केसीको अनुसार महाधिवेशनको पहिलो दिन दमौली बजारमा सारुन नाच, सांस्कृतिक प्रस्तुती सहितको र्याली निकालिनेछ ।दमौलीको खुल्ला मैदानमा उद्घाटन शत्र, बन्द शत्र र नेतृत्व परिवर्तनका लागि निर्वाचन कार्यक्रम गरिने केसीले बताए । उपाध्यक्ष कृष्ण थापाले विविध विषयमा जानकारी दिदैं महाधिवेशनको आम सञ्चारको माध्यमबाट प्रसारण र प्रकाशनका गरिदिन आग्रह गरे ।

‘राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि क्षत्री एकता आजको आवश्यकता’ भन्ने मूल मन्त्रसहित वि.सं. २०५३ देखि आम खस क्षत्रीहरुको साझा संस्थाको रुपमा क्षत्री समाज नेपाल निरन्तर सकृय रहँदै आएको छ ।

समाजको स्थापनादेखि पोखरामा केन्द्रीय कार्यालय रही देशभर समाजको समितिहरु निर्माण अन्तर्गत केन्द्र, विभिन्न समाजहरु प्रदेश, जिल्ला, नगर, गाउँ र वडास्तरसम्म समाजको गतिविधिलाई क्षेत्री समाजले अगाडि बढाइरहेको छ ।

  • १९ चैत्र २०८०, सोमबार ०९:४५ प्रकाशित