बढ्यो पेट्रोलको मूल्य

केन्द्रभाग मिडिया

पोखरा ।

पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य बढाएको हो ।

पेट्रोलबाहेकको भने मूल्य यथावत रहेको छ । भारतबाट मूल्य बढेर आएकोले मूल्य वृद्धि गर्नुपरेको निमगले जनाएको छ । मूल्य बढेसंगै अब पोखरा, काठमाडौं र दिपायलमा पेट्रोलको मूल्य १ सय ७५ रुपैयाँ पुगेको छ ।

बढेको मूल्य सोमबार विहान एक बजे देखि लागू हुनेछ । निगमले सबै पेट्रोलियम पदार्थको बिक्री घाटामा रहेको उल्लेख गरेको छ ।

  • १८ चैत्र २०८०, आईतवार २१:११ प्रकाशित