तीन महिने निःशुल्क कटाई सिलाई तालिम शुरु

केन्द्रभाग मिडिया

पोखरा । व्यावसायिक तथा सिप विकास तालिम केन्द्र पोखराको आयोजना र पोखरा महानगरपालिका वडा नं १३ को समन्वयमा निःशुल्क कटाई सिलाई तालिम शुरु भएको छ । पोखरा १३ मा शुरु भएको तीन महिने ( ३ सय ९० कार्यघण्टा) एड्भान्स तालिममा २० जना महिलाको सहभागिता रहेको छ । महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम आयोजना गरिएको हो । केन्द्र प्रमुख लक्ष्मी भद्र वाग्लेका अनुसार, यस आर्थिक वर्षमा विगतका आर्थिक वर्षमा भन्दा स्थानीय तहमा बढी कार्यक्रम गरिएको जानकारी दिए ।

आवश्यकतामा आधारीत भएर तालिमका कार्यक्रमहरु संचालन गरिएको बताउँदै तालिमपछि रोजगार र स्वरोजगार दुवै अवस्था सृजना हुने उनको भनाइ रहेको थियो । तालिम उद्घाटन गर्दै पोखरा १३ का वडा अध्यक्ष किरण बरालले नागरिकहरु लाभान्वित हुने खालका कार्यक्रमलाई प्राथमिकता दिइएको उल्लेख गरे । कार्यक्रममा वडा सदस्य रजनी परियार, पृथ्वीधर सिग्देल समाजकी सचिव मैया सिग्देल, समाजसेवी नवीन सिग्देल, प्रशिक्षक कृष्ण प्रसाद थापा, मिना थापा लगायतले बोलेका थिए ।

  • १८ चैत्र २०८०, आईतवार १८:५८ प्रकाशित