अपडेट

जिप दुर्घटनामा दुइजनाको ज्यान गुम्यो, १० जना घाइते

केन्द्रभाग मिडिया

पोखरा ।

कास्कीको भदौरेमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गुमेको छ । पोखरा २३ पामेका ५५ वर्षीय लक्ष्मण सुनार र ५२ वर्षीय जयराम सुनारको ज्यान गुमेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता सूर्यबहादुर थापामगरले जानकारी दिए ।

उनीहरुको उपचारको मणिपाल शिक्षण अस्पतालमा ज्यान गुमेको हो । दुर्घटनामा परेर १० जना घाइते भएका छन् । घाइते मध्य ५ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा र ५ जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइहरको छ ।

घाइतेको उपचार हुँदै

पोखराबाट भदौरे तर्फ जाँदै गरेको ग १ ज ५५४७ नम्बरको जिप दिउँसो ३ः३० बजे अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ मा रहेको सल्लाघारीमा दुर्घटना भएको हो ।

दुर्घटनाको खबर आउने वित्तिकै वडा प्रहरी कार्यालय बगरका इन्सपेक्टर बोधराज रेग्मीको कमाण्डमा प्रहरी पुगेको र स्थानीयको सहयोगमा उद्धार गरिएको थियो ।

  • १८ चैत्र २०८०, आईतवार १८:५५ प्रकाशित