हावाहुरीले किसानलाई पुर्‍याएको क्षतिपूर्तिको व्यवस्था गर्न माग

केन्द्रभाग मिडिया

काठमाडौँ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले हावाहुरीका कारण किसानको बाली नष्ट भएकोले क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन् ।

आइतबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै उनले चैत १२ गते हावाहुरी र असिना पानीले गर्दा पाकेको बाली भित्राउने बेलामा नवलपरासी पश्चिमका जनता अत्यन्तै पीडामा रहेको जानकारी गराए ।

किसानहरूले कति क्षति भएको छ, त्यसको सर्वेक्षण गर्न माग गर्दै त्यसमा भएको क्षतिको आधारमा राहत व्यवस्था गर्न माग गरे । सांसद प्रधानले राजस्व अनुसन्धान विभागले अनलाइन बिलिङ प्रणाली हुँदा पनि व्यापारीहरूलाई तर्साउने काम गरेको, अप्ठेरो अवस्था सिर्जना गर्ने गरेका कारण किसानहरूको सामग्री विक्रीमा पनि अप्ठेरो अवस्था सिर्जना भएको बताए ।

नवलपरासी महेशपुरमा क्वारेनटाइन राख्नका लागि पनि उनले माग गरेका छन् ।

  • १८ चैत्र २०८०, आईतवार १५:११ प्रकाशित