पोखरा ।
नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज आइतबार आज डलर एकको खरिददर १३३ रुपैयाँ १५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७५ पैसा रहेको छ ।
आज युरो एकको खरिददर १४३ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३१ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६७ रुपैयाँ ९४ र बिक्रीदर १६८ रुपैयाँ ६९ पैसा रहेको छ ।यस्तै १० जापानी येनको खरिददर ८ रुपैयाँ ८० पैसा र बिक्रीदर ८ रुपैयाँ ८४ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ४४ पैसा र बिक्रीदर १८ रुपैयाँ ५२ पैसा छ ।
साउदी रियालको खरिददर ३५ रुपैयाँ ५० पैसा र बिक्रीदर ३५ रुपैयाँ ६६ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ १८ पैसा र बिक्रीदर २८ रुपैयाँ ३१ पैसा रहेको छ ।















