काठमाडौं ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष तीन दलका नेताबीचको बैठकमा शान्ति प्रक्रिया टुंगोमा पुर्याउने र नियमित संसद् सञ्चालनका विषयमा छलफल भएको छ। बैठक सकारात्मक भएको बताइएको छ ।
प्रधानमन्त्री तथा नेपाल कम्युुनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक विषयमा छलफल भएको थियो।
प्रधानमन्त्री प्रचण्डका सल्लाहाकार गोविन्द आचार्यले बैठकमा संसदलाई बिजनेस दिने, राष्ट्रिय मुद्दामा एकजुट भइ अघि बढ्ने विषयमा समेत छलफल भएको जानकारी दिए ।













