राष्ट्रियसभामा तहगत अन्तरसम्बन्ध र समन्वय अध्ययन प्रतिवेदन पेस

केन्द्रभाग मिडिया

काठमाडौँ ।

राष्ट्रियसभामा ‘राष्ट्रिय सरोकार तथा समन्वय समितिको तहगत अन्तरसम्बन्ध र समन्वय विषयक अध्ययन प्रतिवेदन २०८० पेस भएको छ । शुक्रबारको बैठकमा सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले उक्त प्रस्ताव प्रस्तुत गरेका हुन् ।

उक्त प्रस्तावमाथि शुक्रबारबाट छलफल सुरु भएको छ । प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरूले प्रतिवेदनका सुझावअनुसार सङ्घीयता कार्यान्वयनमा तीनै सरकारले ध्यान दिनुपर्ने धारणा राखेका छन् । उनीहरुले उक्त प्रतिवेदन कार्यान्वयनमा ल्याए मात्रै संविधानको पालना र सङ्घीयता व्यवहारमा कार्यान्वयन हुने धारणा राखेका छन् ।

  • १६ चैत्र २०८०, शुक्रबार १६:२६ प्रकाशित