अर्थतन्त्र सुधारको बाटोमा छ : प्रधानमन्त्री दाहाल

केन्द्रभाग मिडिया

मकवानपुर ।

प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुको अर्थतन्त्र सुधारको बाटोमा रहेको दाबी गरेका छन् ।

शुक्रबारदेखि हेटौंडामा सुरु भएको निर्माण व्यवसायी महासंघको २५ औं साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले देशको अर्थतन्त्र संकटमा नरहेको दाबी गर्दै अर्थतन्त्र सुधारको बाटोमा रहेको बताएका हुन् । ‘अघिल्लो वर्ष यसै समयमा देशको अर्थतन्त्र कमजोर अवस्थामा थियो । अहिले धेरै सुधार भइसक्यो,’ उनले भने ।

प्रधानमन्त्री दाहालले अर्थमन्त्री परिवर्तनसँगै निर्माण व्यवसायीको बक्यौता रकम भुक्तानीको प्रक्रिया अगाडि बढाइएको बताए । ‘स्रोत सुनिश्चितता नगरी धेरै योजना अगाडि बढाइएको रहेछ । अहिले हामीले योजना पूर्ण रूपमा सम्पन्न भएको आयोजनाको भुक्तानी दिइसकेका छौं,’ उनले भने । प्रधानमन्त्री दाहालले स्रोत सुनिश्चिता नभएका योजना निर्माण व्यवसायीसँगको सहमतिमा काम अगाडि नबढाउने बताए ।

निर्माण व्यवसायीमैत्री कानुन निर्माण गरिने र सार्वजनिक खरिद नियमावली संशोधन गरिने प्रधानमन्त्री दाहालले बताए ।

  • १६ चैत्र २०८०, शुक्रबार १५:२२ प्रकाशित